तेह्रौं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले स्वर्ण संख्या २३ पुर्याएको छ। सोमबार नेपालले कराँते र तेक्वान्दोतर्फ समान ७ - ७ र ट्रायलथनमा १ गरी १५ स्वर्ण जितेको थियो।
मंगलबार नेपालले उसुतर्फ २ स्वर्ण थपेको छ। नेपालले उसुको थाउलोअन्तर्गत पुरुष र महिला छानछ्वानमामा स्वर्ण जितेको हो। महिलामा सुस्मिता तामाङले स्वर्ण जितिन् भने पुरुषमा विजय सिञ्जालीले थाउलोतर्फ छानछ्वानमा स्वर्ण जितेका हुन्।
त्यस्तै नेपालले मंगलबार कराँतेमा २ स्वर्ण थप गरेको छ। नबिन रसाइलीले कराँतेको ६७ केजी तौल समूहमा स्वर्ण जितेका हुन्। त्यस्तै सुनिता महर्जनले पनि ६८ केजी तौल समूहमा कराँते फाइटमा स्वर्ण जितिन्।
त्यसैगरी तेक्वान्दो फाइटमा काजल श्रेष्ठले ४६ किलो तौल मुनिको समूहमा स्वर्ण जितिन् भने फाइटतर्फ नै ६८ केजीमुनि वीरबहादुर महराले स्वर्ण जिते ।
उता पोखरामा दुआथलनमा हिमाल टमाटाले स्वर्ण जितेका छन् । त्यस्तै नेपालले महिला म्याराथनमा पनि स्वर्ण जितेको छ। सन्तोषी श्रेष्ठले महिला १० हजार मिटर दौडमा स्वर्ण जितेकी छिन्।
यी सागमा आज हुन् स्वर्ण विजेता खेलाडीहरू -
उसुमा स्वर्ण विजेता सुस्मिता तामाङ ।
जितपछि खुसी मनाउँदै सुस्मिता तामाङ ।
उसु तर्फ नै स्वर्ण विजेता विजय सञ्जाली ।
जितपछि खुसी मनाउँदै विजय सिञ्जाली ।
दुआथलनका स्वर्ण विजेता हिमाल टमाटा ।
कराते ६७ केजी तौल समूहका स्वर्ण विजेता नबिन रसाइली ।
करातेको फाइटमा नविन रसाईलीले नेपाललाई स्वर्ण दिलाएका छन्। उनले ६७ केजी तौल समूहमा पाकिस्तानका अमेद नसिरलाई पराजित गरे।
सन्तोषी श्रेष्ठले महिला १० हजार मिटर दौडमा स्वर्ण जितेकी छिन्।
दशरथ रंगशालामा सन्तोषी श्रेष्ठले निर्धारित दूरी ३५ मिनेट ७.९४ सेकेण्डमा निर्धारित दूरी पूरा गरेकी थिइन्। उनले भारतीय खेलाडी कविता यादवलाई पछि पारिन्। भारतीय खेलाडी यादवले ३५ मिनेट ७.९५ सेकेण्डमा दूरी पूरा गरिन्।
कराते फाइटको सुनिता महर्जनले ६८ केजी तौल समूहमा नेपाललाई स्वर्ण दिलाएकी छिन्।
करातेमा स्वर्ण जितेपछि खुसी मनाउँदै सुनिता महर्जन।
पाकिस्तानकी सायद सिड्जा बटूललाई किक प्रहार गर्दै स्वर्ण विजेता ४६ केजी तौल समूहकी काजल श्रेष्ठ ।
स्वर्ण जितेपछि राष्ट्रिय झण्डा फहराउँदै तेक्वान्दो खेलाडी काजल श्रेष्ठ ।
तेक्वान्दो प्रतिस्पर्धाको दोस्रो दिन दोस्रो वीरबहादुर महराले फाइटको ६८ केजीमुनि स्वर्ण जिते। जितपछि झण्डा फहराउँदै महरा।