१३औं दक्षिण एसियाली खेलकुदअन्तर्गत बुधबार एथ्लेटिक्सको ५ हजार मिटरको महिला र पुरुषको प्रतिस्पर्धा हुनेछ।
यसैगरी महिला र पुरुष हाइजम्प, ११० मिटर हडल्स पनि मंगलबार नै हुनेछ।
क्रिकेटमा बुधबार नेपालको खेल छैन।
जगडोलमा साइक्लिङमा डाउन हिलको स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।
साँझ ५ बजे दशरथ रंगशालामा नेपाल र श्रीलंकाबीच फुटबलको प्रतिस्पर्धा हुनेछ।
कबड्डीको प्रतिस्पर्धा पनि बुधबार नै हुनेछ।
करातेमा ४ स्वर्णका लागि प्रतिस्पर्धाका लागि प्रतिस्पर्धा हुनेछ। जससँगै करातेको प्रतिस्पर्धा सकिनेछ।
तेक्वान्दोमा पनि ६ स्वर्णका लागि भिडन्त हुनेछ।
उसुमा २ स्वर्णका लागि प्रतिस्पर्धा हुने तय छ।
टेनिस, टेवल टेनिस र सुटिङको प्रतिस्पर्धा बुधबार पनि जारी रहनेछन्।