१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा भारतले नेपाललाई अकंतालिकामा पछाडी पारेको छ। तेश्रो दिनको खेल सकिदाँ भारतले ३२ स्वर्ण जितेको छ भने नेपालले २९ वटा मात्र स्वर्ण जितेको छ। पहिलो र दोश्रो दिन नेपाल अंकतालिकाको शीर्ष स्थानमा रहेको थियो।
तेश्रो दिनको खेल सकिदाँ भारतले ३२ स्वर्ण २३ राजत र १३ कास्य सहित ६८ पदक सहित अंकतालिकाको शीर्ष स्थान हासिल गरेको छ।
भारतलाई पछ्याउँदै गरेको नेपालले २९ स्वर्ण जितेको छ। नेपालको १५ रजत र २५ कास्य सहित ६९ पदक छ।
तेश्रो स्थानमा रहेको पाकिस्तानले ९ स्वर्ण, १८ रजत र १८ कास्य सहित ४५ पदक हात पारेको छ। श्रीलंकाले ८ स्वर्ण २३ रजत र ३८ कास्य सहित ६९ पदक हात पारेको छ। बंगलादेशले ४ स्वर्ण ७ रजत र २६ कास्य जितेको छ। उसको पदक संख्या ३७ छ।
माल्दिभ्सले १ स्वर्ण र २ कास्य जितेको छ भने भुटानले अहिलेसम्म कुनैपनि स्वर्ण जित्न सकेको छैन। भुटानले ४ कास्य पदक हात पारेको छ।
यस्तो छ अंकतालिका
Participating Country |
|
Gold |
Silver |
Bronze |
Total |
India |
 |
32 |
23 |
13 |
68 |
Nepal |
 |
29 |
15 |
25 |
69 |
Pakistan |
 |
9 |
18 |
18 |
45 |
Sri Lanka |
 |
8 |
23 |
38 |
69 |
Bangladesh |
 |
4 |
7 |
26 |
37 |
Maldives |
 |
1 |
0 |
2 |
3 |
Bhutan |
 |
0 |
0 |
4 |
4 |