१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाल ४१ स्वर्णसहित अंकतालिकाको दोस्रो स्थानमा यथावत छ। ८१ स्वर्णसहित भारत अंकतालिकाको शीर्ष स्थानमा छ।
बिहीबार ३६ स्वर्ण जितेको नेपालले शुक्रबार ५ स्वर्ण थपेको हो। नेपालका लागि पौडीमा गौरिका सिंह, ५ हजार मिटर दौडबाट गोपीकृष्ण कार्पी र भारत्तोलनबाट विकास थापाले स्वर्ण दिलाए। यसैगरि नेपालले गल्फको व्यक्तिगत र टिम इभेन्टबाट थप एकएक स्वर्ण थपेको छ।
जारी सागमा नेपालले शुक्रबारसम्म ५९ रजत र २५ कास्य जितेको छ।
२३ स्वर्णसहित श्रीलंका तेस्रो र १९ स्वर्णसहित पाकिस्तान चौथो स्थानमा छ।
४ स्वर्ण जितेको बंगलादेस पाँचौ स्थानमा छ भने १ स्वर्णसहित माल्दिभ्स छैठौं स्थानमा छ। एक स्वर्ण पनि नबटुलेको भुटान अंकतालिकाको पुछारमा छ। भुटानले ६ कास्य जितेको छ।
भारतमा भएको सागको अघिल्लो संस्करणमा नेपाल जम्मा ३ स्वर्णसहित घर फर्किएको थियो। नेपालले उसु, जुडो र पुरुष फुटबलमा स्वर्ण जितेको थियो।
Participating Country |
|
Gold |
Silver |
Bronze |
Total |
India |
 |
81 |
59 |
25 |
165 |
Nepal |
 |
41 |
27 |
48 |
116 |
Sri Lanka |
 |
23 |
42 |
69 |
134 |
Pakistan |
 |
19 |
25 |
29 |
73 |
Bangladesh |
 |
4 |
18 |
51 |
73 |
Maldives |
 |
1 |
0 |
2 |
3 |
Bhutan |
 |
0 |
0 |
6 |
6 |