राफायल नाडाल अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमै पराजित भएका छन्।
अमेरिकाका म्याकेन्जी म्याकडोनाल्डसँग पराजित भएसँगै उनको उपाधि रक्षा अभियान पनि समाप्त भएको छ।
३६ वर्षीय स्पेनिस खेलाडी नाडालको खेलको दौरान हिपमा समस्या देखिएको थियो।
उनी खेलमा ६-४, ६-३ र ७-५ को सेटमा पराजित भए।
सन् २०१६ यता उनी अस्ट्रेलियन ओपनबाट दोस्रो चरणबाटै बाहिरिएका हुन्।
सन् २०२२ मा नाडालले मेलबर्नमा भएको फाइनलमा ड्यानिल मेदवेदेवलाई हराउँन दुई सेट पछि परेर पनि खेलमा फर्किएका थिए। उनले जुनमा १४ औं फ्रेन्च ओपन जितेका थिए।
नाडाल सर्वाधिक ग्रान्डस्लाम जित्ने पुरुष खेलाडी हुन्। उनले २२ ग्रान्डस्लामको उपाधि जित्दा नोभाक जोकोभिचले २१ र रोजर फेडेररले २० उपाधि जितेका छन्।