आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को दोस्रो खेलमा ओमानविरूद्ध खेलिरहेको नेपालको तेस्रो र चौथो विकेट गुमेको छ। नेपालका लागि आरिफ शेख ६ रन बनाएर आउट भएका छन् भने कप्तान पारस १७ रन बनाएरआउट भएका छन्। दुवैलाई अहमद खालेमुल्लाहले आउट गरेका हुन्।
नामिवियाको विन्डहकस्थित एफिज पार्क मैदानमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको थियो। यसअघि नेपालको स्कोर १० रन हुदा पहिलो विकेट गुमाएको थियो। ओपनर ज्ञानेन्द्र मल्ल ७ रनमा आउट भएका थिए।