नेपालले विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत दोस्रो खेलमा शुक्रबार ओमानसँग पनि खराब ब्याटिङ गरिरहेको छ।
टस हारेर पहिलो ब्याटिङ गरिरहेको नेपालले ३७ ओभर भित्र ७ विकेट गुमाएर १११ रन मात्र बनाउन सकेको छ।
ओपनर ज्ञानेन्द्र मल्ल ७ रनमा गुमाएको नेपालले दिलिपनाथलाई १९ रनमा गुमायो। आरिफ शेख ६ रन बनाइ आउट हुँदा कप्तान पारस खड्का १७ रन बनाएर बोल्ड भएका छन्।
यस्तै दीपेन्द्र सिंह ऐरी २० रन बनाई आउट भएका छन्। बिहिबार नामिबियासँग राम्रो प्रदर्शन गरेर नेपाललाई जिताएका बसन्त रेग्मी आज सूरूमै आउट भए। उनले ६ बल खेल्दै १ रन बनाएर पवेलियन फर्किए। यस्तै ६७ मिनेट क्रजमा टिकेका सरद भेसवार ३९ बलमा २२ रन बनाउँदै आउट भए पछि नेपाली इनिङ्स धरापमा परेको हो। अहिले रोहितकुमार पौडेललाई सोमपाल कामीले साथ दिइरहेका छन्।
यो सँगै ३८ ओभरमा नेपालले ७ विकेट गुमाएर ११३ रन बनाएर खेलिरहेको छ।