आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपालले दिएको १३९ रनको लक्ष्य पछ्याएको ओमानको तेस्रो विकेट गुमाएको छ।
२२औं ओभरको अन्तिम बलमा बसन्त रेग्मीले ओमानी खेलाडी अकिबलाई बोल्ड गरेका हुन्। उनले ५३ बलमा ४६ रन बनाएका थिए। नेपाललाई यो ठूलो सफलता हो।
यसअघि १०औं ओभरको अन्तिम बलमा लामिछानेले नेपाललाई दोस्रो सफलता दिलाएका थिए।
पहिलो विकेट सोमपाल कामीले लिएका थिए।
नामिवियाको विन्डहकस्थित एफिज पार्क मैदानमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको नेपाली टिमले निर्धारित ५० ओभरको खेलमा ४६ ओभरमा अलआउट हुँदै १३८ रन बनाएको थियो।