आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु प्रतियोगिता अन्तर्गत नेपाल विरुद्ध ब्याटिङ गरिरहेको केन्याले एक सय रन कटाएको छ।
केन्याका लागि एए अबान्डाले ४१, कारिमले ४० रन बनाइसकेका छन्। अबान्डालाई सन्दीप लामिछानेले आउट गरेका थिए।
नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि केन्या ब्याटिङमा आएको हो।