आइसिसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत केन्या विरुद्धको खेलमा सन्दीप लामिछानेले लगातार दुई विकेट लिएका छन्। यस खेलमा उनले ४ विकेट लिइसकेका छन्।
उनले १७ ओभरको अन्तिम बलमा नेपाललाई पहिलो सफलता दिलाए। सन्दीपले केन्याका ओपनिङ ब्याट्सम्यान एलेक्स ओबाडालाई आउट गरे। ओबाडालाई सन्दीपले ४१ रन बनाएर खेलिरहदा बोल्ड गरेका हुन्। यस्तै, सन्दीपले धिरेन गोन्डारियालाई ४ रन बनाएर खेलिरहदा दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए।
उनले ३३ ओभरको पहिलो र दाेस्रो बलमा विकेट लिएका हुन्।