नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत केन्याविरूद्ध राम्रो खेलिरहेका कप्तान पारस खड्काले आउट भएका छन्।
१७८ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरूवात गरे पनि कप्तान खड्काले कप्तानी इनिङ्स खेलेपछि नेपालका लागि केही आशा गर्ने ठाउँ थियो। तर १८औं ओभरको पहिलो बलमा खड्का आउट भएका हुन्।
४४ बल खेले खड्काले ४२ रन मात्र बनाउन सके। २ छक्का र ३ चौका प्रहार गरेका उनी ५० रन पुरा गर्न ८ रनले चुकेका थिए।
यसअघि पनि खड्काले अर्धसतकीय पारी खेल्दै युएईविरूद्ध महत्वपूर्ण जित हात पारेका थिए।