दक्षिण अफ्रिका विरुद्दको टेस्टमा अष्ट्रेलियन क्रिकेटर केमरन बेनक्राफ्टले ‘बल टेम्परीङ’ (बल कोट्याएर स्वरुप परिवर्तन) गरेको स्वीकारेका छन्। यसका लागि क्रिकेट अस्ट्रेलियाले अनुसन्धान गर्ने भएको छ।
टेलिभिजन स्क्रिनमा बेनक्राफ्टले खेलको समयमा बल चम्काउनु अघि आफ्नो पकेटबाट केहि निकाल्दै गरेको देखिएको थियो । बेनक्राफ्टले सो चिज पहेलो टेप भएको स्वीकार गरेका छन् ।
२५ वर्षिय बेनक्राफ्टले पत्रकार सम्मेलनमा मिडियाको अगाडि आफ्नो गल्ति स्वीकार्दै माफी मागेका छन् ।
खेलपछि कप्तान स्टिभ स्मिथ र बानक्रफ्टले घटना बारे प्रतिक्रिया दिँदै माफी मागेका थिए। साथै उनले माफी माग्दै अब देखि यस्तो नहुने बताएका छन् ।
ओपनिङ बानक्रफ्टले न्युल्यान्ड टेष्टसका दौरान शनिबार बल टेम्परिङ गरेको घटना टेलिभिजनमार्फत प्रत्यक्ष रुपमा सार्वजनिक भएपछि आइसिसीले उनलाई कारबाही गरिसकेको छ।
यता क्रिकेट अस्ट्रेलियाका सिइओ साउदरल्यान्डले पनि घटनाबारे दुःख व्यक्त गर्दै आफू अन्यन्त दुःखी र हैरान भएका प्रतिक्रिया दिएका छन्।
यो प्रकरण बाहिरिएपछि क्रिकेटरहरुले कडा प्रतिक्रिया दिएका छन्। चर्चित लेग स्पिनर शेन वार्नले खेलको भिडियो हेर्दा आफू निकै निराश भएको बताउँदै कोच र क्याप्टेनले यस विषयमा प्रष्ट पार्नुपर्ने बताएका थिए।
यसैबीच नेपाली क्रिकेट कप्तान पारस खड्काले पनि यस घटनामा आफ्नो प्रतिक्रिया दिँदै यो निकै दुःखद् घटना भएको र विश्वास गर्न नसकिने घटनाको रुपमा रहेको बताएका छन्।
https://www.youtube.com/watch?v=1-qYik0Lmg0