दिल्ली क्यापिटल्ससँग हारका बाबजुद गुजरात टाइटन्सले अंक तालिकामा आफ्नो शीर्षस्थान कायम राखेको छ।
इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराती दिल्लीसँग ५ रनले पराजित भएको गुजरात १२ अंकसहित तालिकाको शीर्षस्थानमै छ।
दिल्लीले दिएको १३१ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा कप्तान हार्दिक पाण्ड्याले अर्धशतक प्रहार गरेपनि गुजरातको हार टर्न सकेन।
कप्तान पाण्ड्याले ५३ बलमा ७ चौका प्रहार गर्दै ५९ रन बनाए। अभिनव कुमारले २६ र राहुल टेवाटियाले २० रनको योगदान गरेका थिए।
बलिङतर्फ दिल्लीका खलिल अहमद, इशान्त शर्माले दुई–दुई विकेट लिँदा एनरिच नोर्त्जे र कुलदिप यादवले एक–एक विकेट लिए।
अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै १३० रन बनाएको थियो।
दिल्लीका लागि अमन हाकिम खानले अर्धशतक बनाए। उनले ४४ बलमा ३ चौका र ३ छक्काको प्रहार गर्दै ५१ रन बनाए।
अक्षर पटेलको २७ र रिपल पटेलको २३ रनको योगदान रह्यो।
बलिङतर्फ मोहम्मद शामीले ४ विकेट लिए। मोहित शर्मा २ र रसिद खानले एक विकेट लिए।
दिल्ली क्यापिटल्स ९ खेलबाट ३ जित र ६ हार ब्यहोर्दै अंक तालिकाको पुछारमा छ।