ओपनर इशान किसन र सूर्यकुमार यादव चम्किँदा मुम्बइ इन्डियन्सले सानदार जित निकालेको छ।
इन्डियन प्रिमियर लिग (आइपिएल)मा गएराती भएको खेलमा मुुम्बईले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरको हो।
२१४ रनको लक्ष्य पछ्याएको मुम्बईले सात बल बाँकी छँदै चार विकेट मात्रै गुमाएर २१६ रन बनाएको थियो।
आक्रामक ब्याटिङ गरेका इशानले ४१ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै ७५ रन बनाए।
अर्का ब्याट्समेन सूर्यकुमार यादवले ३१ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ६६ रन बनाए।
कप्तान रोहित शर्मा शून्य रनमा आउट भएका थिए। क्यामरून ग्रीनले १८ बलमा ४ चौका प्रहार गर्दै २३ रन बनाए।
तिलक वर्मा र टिम डेभिडले नटआउट २६ र १९ रनको योगदान गरे।
बलिङतफै पञ्जाबका नाथन इलिसले दुई विकेट लिँदा ऋषि धवन र अर्शदिप सिंहले एकएक विकेट लिए।
घरेलु मैदान आइएस बिन्द्रामा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले तीन विकेटको क्षति २१४ रन बनाएको थियो।
पञ्जाबका लागि लियम लिभिङस्टोनले ४२ बलमा ७ चौका र चार छक्का प्रहार गर्दै नटआउट ८२ रन बनाए।
जितेश शर्माले २७ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४९ रन बनाए।
कप्तान शिखर धवनले २० बलमा ५ चौका प्रहार गर्दै ३० रनको योगदान गरे भने म्याथ्यु सर्टले २६ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २७ रन बनाए।
बलिङतर्फ मुम्बईका पियुष चावलाले २ र अर्शद खानले एक विकेट लिए।
जितसँगै मुम्बई अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ भने पञ्जाब सातौं स्थानमा छ।