इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सविरूद्ध गुजरात टाइटन्सले सहज जित निकालेको छ।
गएराति भएको खेलमा राजस्थानलाई ९ विकेटले पराजित गर्दै गुजरातले अंकतालिकामा आफ्नो शीर्ष स्थान कायम राखेको हो।
जितका लागि पाएको ११९ रनको सामान्य लक्ष्य गुजरातले १३.५ ओभर खेल्दै एक विकेटको क्षतिमा पूरा गर्यो।
गुजरातका लागि ओपनर ऋद्धिमन साहले ३४ बलमा ५ चौका प्रहार गर्दै ४१ रन बनाए।
शुभम् गिलले ३५ बलमा ६ चौका प्रहार गर्दै ३६ रन बनाए। कप्तान हार्दिक पाण्ड्याले १५ बलमा ३ चौका र ३ छक्का प्रहार गरी नट आउट ३९ रनको योगदान गरे।
बलिङतर्फ राजस्थानका युजवेन्द्र चाहलले एक विकेट लिए।
सवाइ मानसिंह स्टेडियम राजपुरमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले ११८ रन बनाएको थियो।
राजस्थानका लागि कप्तान सन्जु सामसनले सर्वाधिक ३० रन बनाए। उनले २० बलमा ३ चौका र १ छक्का प्रहार गरे।
ट्रेन्ट बल्टले १५, यशवी जैसवालले १४ र देवदत्त पाडिकलले १२ रन बनाउँदा अन्य ब्याट्समेनले दोहोरो अंकमा रन बनाउन नसक्दा राजस्थान सस्तोमै समेटिन पुगेको थियो।
बलिङतर्फ गुजरातका रसिद खानले सर्वाधिक तीन विकेट लिए भने नुर अहमदले दुई विकेट लिए।
मोहम्मद शामी, हार्दिक पाण्ड्या र जोस लिटलले एक–एक विकेट लिए।
जितसँगै अंक तालिकाको शीर्ष स्थानमा रहेको गुजरातले दोस्रो स्थानमा रहेको लखनऊसँग तीन अंकको अग्रता कायम गरेको छ।
१० खेल खेलेको गुजरात १४ अंकसहित शीर्षस्थानमा छ। समान खेल खेलेको लखनउृm ११ अंकसहित दोस्रो स्थानमा छ।
पराजित भएको राजस्थान १० अंकसहित चौथो स्थानमा छ।