आइपिएल क्रिकेट २०२३ मा दिल्लीले चौथो जित हात पारेको छ। शनिबार राति भएको खेलमा दिल्लीले रोयल च्यालेन्जर्स बेंग्लोरमाथि ७ विकेटको जित हात पार्यो।
पहिले ब्याटिङ गरेको बेंग्लोरले ४ विकेटको क्षतिमा १८१ रन जोड्यो।
उसका लागि विराट कोहलीले ५५ रन जोड्दा कप्तान फाप डु प्लेसिसले ४५ रन जोडे। यस्तै महिपाल लोमरोरले नटआउट ५४ रन जोडेका थिए। बलिङमा दिल्लीका मिचेल मार्सले २ विकेट लिए।
१८२ रनको लक्ष्य दिल्लीले ३ विकेट गुमाएर १६.४ ओभरमा पूरा गर्यो। दिल्लीको जितमा फिल साल्टले ८७ रन बनाए। उनले ४५ बलमा ८ चौका र ६ छक्का प्रहार गरे। कप्तान डेभिड वार्नरले २२ रन रन र रिली रसोले नटआउट ३५ रन जोडे।
लिगको अर्को खेलमा मुम्बईमाथि चेन्नईले ६ विकेटको जित हात पारेको छ। लिगमा चेन्नई १३ अंक जोड्दै दोस्रो स्थानमा छ।
बेंग्लोर १० अंकसहित पाँचौ र मुम्बई पनि १० अंक जोडेर छैटौं स्थानमा छन्। पुछारबाट दोस्रो नवौं स्थानको दिल्लीको ८ अंक छ।