आइपिएल २०२३ मा शीर्ष स्थानको गुजरात टाइटन्सले सनराइजर्स हैदरावादलाई ३४ रनले पराजित गरेको छ।
सोमबार राति भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले ९ विकेटको क्षतिमा १८८ रन जोड्यो।
उसका लागि शुभमन गिलले १०१ रन जोडे। उनले ५८ बलमा १३ चौका र १ छक्का प्रहार गरे। साइ सुदर्शनले ४७ रनको योगदान गरे। बलिङमा हैदरावादका भुवनेश्वर कुमारले ५ विकेट लिए।
१८९ रनको लक्ष्य पछ्याएको हैदरावादले ९ विकेटको क्षतिमा १५४ रन जोड्न सक्यो।
हैदरावादका हेनरिक क्लासनले ६४ रन र भुवनेश्वर कुमारले २७ रन जोडे। बलिङमा गुजरातका मोहमद सामी र मोहित शर्माले ४-४ विकेट लिए।
जितसँगै शीर्ष स्थानको गुजरातले १३ खेलबाट १८ अंक जोड्दै लिग चरणमा शीर्ष दुईमा पर्ने पक्का गर्यो।
हैदरावाद भने ८ अंक जोडेर पुछारबाट दोस्रो अर्थात् नवौं स्थानमा छ, उसको प्लेअफ सम्भावना सकिएको छ।