आइपिएल २०२३ मा विराट कोहलीले शतक प्रहार गरेका छन्।
बिहीबार भएको खेलमा कोहलीको शतकमा बेंग्लोरले सनराइजर्स हैदरावादलाई ८ विकेटले हरायो।
हैदरावादले दिएको १८८ रनको लक्ष्य बेंग्लोरले २ विकेटको क्षतिमा ४ बल खेल्न बाँकी छदा पार गर्यो।
उसका लागि कोहलीले ६३ बलमा १२ चौका र ३ छक्काको मद्दतमा १०० रन र फाप डु प्लेसिसले ७१ रन जोडे।
त्यसअघि हेनरिक क्लासनको शतकमा हैदरावादले ५ विकेटको क्षतिमा १८६ रन जोड्यो। क्लासनले १०४ रन जोडे।
जितसँगै बेंग्लोरले १४ अंकसहित चौथो स्थानमा छ। पुछारको हैदरावादको ८ अंक छ।