इंग्लिस क्लब लिभरपुलका प्रशिक्षक जुर्गेन क्लोपलाई रेफ्री पाउल टियर्नीको बारेमा गरेको टिप्पणीको लागि दुई खेलको प्रतिबन्ध लगाइएको छ।
गत महिना टोटेनहमलाई लिभरपुलले ४-३ ले हराएपछि दिएको प्रतिक्रियाको आधारमा उनलाई प्रतिबन्ध लगाइएको हो।
अब उनले आइतबारको एनफिल्डमा एस्टन भिल्लासँगको खेल गुमाउनेछन्।
दोस्रो खेलको प्रतिबन्ध २०२३-२४ सिजनमा हुनेछ। जसको अर्थ क्लोपले साउथह्याम्प्टन विरुद्धको सिजनको अन्तिम खेल गुमाउने छैनन्।
क्लोपले टोटेनहमविरुद्धको खेलपछि रेफ्री आफूविरुद्ध भएको प्रतिक्रिया दिएका थिए।
उनलाई ७५ हजार पाउन्ड समेत जरिवाना गरिएको छ।