आइपिएल २०२३ मा प्लेअफमा पुग्ने तीन टिमको टुंगो लागेको छ। शीर्ष स्थानको गुजरात टाइटन्स, दोस्रो स्थानको चेन्नई सुपरकिंग्स र तेस्रो स्थानको लखनउ सुपर जायन्टले प्लेअफमा स्थान बनाएका छन्।
शीर्ष स्थानको गुजरात र दोस्रो स्थानको चेन्नईबीच क्वालिफायर हुने पक्का भएको छ। जित हात पार्ने टिम फाइनल पुग्नेछ भने पराजित हुने टिम दोस्रो क्वालिफायरमा पुग्नेछ।
लखनउले एलिमिनेटर खेल्नेछ। एलिमिनेटरमा जित हात पारे दोस्रो क्वालिफायर खेल्नेछ।
अब बाँकी एक स्थानको प्लेअफका (एलिमिनेटर) लागि तीन टिमको सम्भावना छ।
चौथो स्थानको बेंग्लोर, पाँचौ स्थानको राजस्थान र छैटौं स्थानको मुम्बई इन्डिन्सको चौथो हुने सम्भावना छ। तीनै टिमको १४-१४ अंक छ।
राजस्थानले सबै खेल खेलिसक्दा बेंग्लोरले गुजरात र मुम्बईले हैदरवादसँग खेल्न बाँकी छ। दुवै खेल आज हुँदैछन्।
बेंग्लोरले जित हात पारे प्लेअफमा पुग्नेछ। मुम्बईका लागि जित हात पारेर मात्र पुग्दैन बेंग्लोरलाई रनरेटमा पछि पार्नु पर्नेछ। बेंग्लोर (ठूलो अन्तरले) र मुम्बई दुवै पराजित भए राजस्थानको सम्भावना हुनेछ।