आइपिएल २०२३ को फाइनल प्रवेशका लागि मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुने भएको छ।
बुधबार एलिमिनेटरको खेलमा मुम्बईले लखनउ सुपरजायन्टलाई ८१ रनले हराएपछि दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गर्यो।
यसअघि पहिलो क्वालिफायरमा चेन्नई सुपरकिंग्ससँग पराजित भएपछि गुजरात दोस्रो क्वालिफायरमा पुगेको थियो।
दोस्रो क्वालिफायरको खेल भोलि राति ८ बजे अहमदावादमा हुनेछ।
मुम्बई र गुजरातबीच भोलि हुने खेलको विजेताले उपाधिका लागि आइतबार चेन्नईसँग अहमदावादमै खेल हुनेछ।