इंग्ल्यान्डको द ओभलमा बुधबारदेखि सुरू भएको विश्व टेस्ट च्याम्पियनसिपको उपाधि भिडन्तमा भारतविरूद्ध अस्ट्रेलियाले पहिलो दिन ३ विकेटको क्षतिमा ३२७ रन जोडेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाका लागि त्रविस हेडले शतक प्रहार गरेर खेलिरहेका छन्। हेडले अस्ट्रेलिया बाहिर पहिलो टेस्ट शतक प्रहार गरेका हुन्।
उनले १४६ रन बनाउदा स्टेभिन स्मिथ ९५ रन बनाउँदै शतक नजिक पुगेका छन्।
त्यसअघि मर्नस लबुसेन २६ रन र ओपनर डेभिड वार्नर ४३ रनमा आउट भए। उस्मान खवाजा शून्यमा आउट भए।
बलिङमा भारतका मोहमद सामी, मोहमद सिराज र शार्दूल ठाकुरले एक एक विकेट लिएका छन्।