इंग्ल्यान्डको ओभलमा भएको फाइनलको पाँचौं दिन अस्ट्रेलियाले भारतलाई २०९ रनले पराजित गर्दै विश्व टेस्ट च्याम्पियनसिप जितेको छ।
४४४ रनको विश्व कीर्तिमानी लक्ष्यमा पुग्ने भारतको पातलो आशा विराट कोहलीमा रहेको थियो। भारतले १६४–३ को सुरुवात गरे पनि दिनको सातौं ओभरमा ४९ रनमा कोहली आउट भए।
यस्तै अजिन्का राहाणे ४६ रनमा आउट हुँदा कप्तान रोहित अघिल्लो दिन ४३ रनमा पेभिलियन फर्किएका थिए।
खेल आफ्नो नियन्त्रणमा लिएको अस्ट्रेलियाले लन्चअघि भारतविरुद्ध बलियो बलिङ गर्दै २३४ रनमा अलआउट गर्दै २०९ रनले जित निकाल्यो।
अस्ट्रेलियाका लागि बोल्याण्डले ३-४६ तथा अफ स्पिनर नाथन लियोन ४-४१ को स्पेलमा बलिङ गरे।
दुई वर्षअघि न्यूजिल्याण्डको सफलतापछि अस्ट्रेलिया विश्व टेस्ट च्याम्पियनसिपको दोस्रो विजेता बनेका छन्।