नेपाल क्रिकेट संघ (क्यान) को शुक्रबार बस्ने बोर्ड बैठकमा १४ एजेन्डामा छलफल हुने भएको छ।
जसमा संशोधित विधान प्रमाणिकरणका लागि राष्ट्रिय खेलकुद परिषदमा पठाउने विषय पहिलो नम्बरमा छ। यसअघि अघिल्लो बोर्ड बैठकले विधान संशोधन गरे पनि परिषदले अहिलेसम्म प्रमाणिकरण गरेको छ। संशोधनको कतिपय विषय विधान विपरित भएको भन्दै असन्तुष्ट पक्षले विरोध गर्दै आएको छ।
यस्तै बोर्ड बैठकमा चार वर्ष कार्यकाल समाप्त हुने जिल्लाको विषयमा, सधारण सदस्यता वितरण सम्बन्धनमा, जिल्ला, प्रदेश र केन्द्रको निर्वाचन समय तालिका सम्बन्धमा पनि छलफल हुनेछ।
यस्तै खेलाडी वर्गीकरण, आइसिसी वर्षीक सम्मेलनमा सहभागिता सम्बन्धमा पनि छलफल हुनेछ। एसिसी इमर्जिङ टिम्स कप, महिला विश्वकप छनोट, एसिया कप र महिला राष्ट्रिय क्रिकेट टिमलाई अभ्यास खेलका लागि वैदेशीक भ्रमणमा पठाउने सम्बन्धमा पनि बैठकमा छलफल हुनेछ।
एनपिएल, इपिएल तथा अन्य फ्रेन्चाइज लिगको सम्बन्धमा पनि बैठकमा छलफल हुनेछ। यसैगरी राष्ट्रिय सूचना आयोगबाट प्राप्त पत्र र केन्द्रीय सदस्य दाउद अन्सारीले मागेको विवरणको सम्बन्धमा पनि छलफल हुने एजेन्डमा उल्लेख छ।