एसिसी यू-१६ इस्ट जोन कपको फाइनल पुग्न नेपालले सिंगापुरसँग प्रतिस्पर्धा गर्ने भएको छ।
नेपाल समूह 'ए' मा आफ्ना दुवै खेल समूह विजेता बनेको थियो।
समूह 'बी' को अन्तिम चरणको खेलमा हङकङसँग पराजित भएपछि सिंगापुर समूह उपविजेता बन्यो। जससँगै सिंगापुरको अन्तिम चारमा नेपालसँगको भेट पक्का भएको हो।
अर्को सेमिफाइनलमा समूह 'ए' को उपविजेता मलेसिया र समूह 'बी' को विजेता हङकङबीच प्रतिस्पर्धा हुनेछ।
सेमिफाइनलका दुवै खेल सोमबार हुनेछन्। प्रतियोगिताको फाइनल मंगलबार हुने खेल तालिका छ। मंगलबार नै तेस्रो स्थानका लागि खेल हुनेछ।
यसअघि नै सेमिफाइनलमा पुगेको नेपालले समूहको दोस्रो तथा अन्तिम खेलमा शुक्रबार आयोजक मलेसियालाई ८४ रनले पराजित गर्न सफल भएको थियो।
तीन टिम रहेको समूह ‘ए’ मा थाइल्यान्ड लगातार दुई खेलमा पराजित भएपछि नेपाल र मलेसिया अन्तिम खेलअघि सेमिफाइनलमा पुगेका थियो।