आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटअन्तर्गत सातौं स्थानको प्लेअफको खेलमा युएईले नेपाललाई १८२ रनको लक्ष्य दिएको छ।
जिम्बावेको ताकासिंगा क्रिकेट क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएई ४६.५ ओभरमा १८१ रनमै अलआउट भयो।
युएईका लागि कप्तानको भूमीकामा रहेका वृत्य अरविन्दले ४४ रन जोडे। यस्तै रोहान मुस्ताफाले ३५ रन र बासिल हमीदले २९ रनको योगदान गरे।
बलिङमा नेपालका सन्दीप लामिछाने र करण केसीले ३-३ विकेट लिए। सन्दीपले १० ओभरमा ३ मेडन राख्दा २३ रन खर्चिए। करणले ८.५ ओभरमा ३६ रन दिए।
प्रतिश जिसी, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए।
यसअघि सातौं स्थानको अर्को प्लेअफमा अमेरिका र आयरल्यान्डबीच खेल भएको थियो। खेलमा आयरल्यान्ड ६ विकेटले विजयी भएको थियो।
अब आज जित हात पार्ने टिमले सातौं स्थानका लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। आज पराजित हुने टिमले नवौं स्थानको लागि अमेरिकासँग भिड्नेछ।