एसेज सिरिजमा अस्ट्रेलियाले घरेलु टिम इंग्ल्यान्डमाथि २-० को अग्रता लिएको छ। पहिलो टेस्ट जितेको अस्ट्रेलियाले आइतबार दोस्रो टेस्टमा ४३ रनको जित निकाल्यो।
अस्ट्रेलियाले दिएको ३७१ रनको लक्ष्य पछ्याएको घरेलु टिम इंग्ल्यान्ड दोस्रो इनिङ्ग्समा ३२७ रनमा अलआउट भयो। दोस्रो इनिङ्ग्समा इंग्ल्यान्डका लागि बेन स्टोक्सले १५५ रन जोडे पनि जितका लागि पर्याप्त हुन सेकन।
बलिङमा अस्ट्रेलियाका मिचेल मार्स, पाट कमिङ्ग्स र जोश हजलउडले ३-३ विकेट लिएका थिए।
त्यसअघि पहिलो इनिङ्ग्समा अस्ट्रेलियाले ४१६ रन जोड्दा इंग्ल्यान्डले ३२५ रन बनाएको थियो। पहिलो इनिङ्समा अस्ट्रेलियाका लागि स्टिभ स्मिथले ११० रन जोडेका थिए भने इंग्ल्यान्डका बेन डकेटले ९८ रन जोडेका थिए।
दोस्रो इनिङ्समा अस्ट्रेलियाले २७९ रन जोड्दै इंग्ल्यान्डलाई ३७१ रनको लक्ष्य दिएको थियो। अस्ट्रेलियाका लागि उस्मान खवाजाले ७७ रन जोडेका थिए।