अफगानिस्तानले घरेलु टिम बंगलादेशविरुद्ध एकदिवसीय सिरिजमा ऐतिहासिक जित हात पारेको छ।
तीन खेलको एकदिवसीय सिरिज एक खेल अगावै जित्ने क्रममा अफगानिस्तानले शनिबार दोस्रो खेलमा घरेलु टिम बंगलादेशलाई १४२ रनको फराकिलो अन्तरले पराजित गर्यो।
यसअघि पहिलो खेलमा अफगानिस्तान १७ रनले विजयी भएको थियो।
यससँगै अफगानिस्तानले बंगलादेशविरुद्ध एकदिवसीय खेलमा पहिलोपटक सिरिज जित निकाल्न सफल भयो।
बंगलादेशविरुद्ध हात पारेको १४२ रनको जित रनको आधारमा अफगानिस्तानको तेस्रो ठूलो जित हो।
शनिबार पहिले ब्याटिङ गरेको अफगानिस्तानले ९ विकेटको क्षतिमा ३३१ रन जोड्यो। उसका लागि ओपनरद्वय रहमुल्लाह गुर्बाजले १४५ रन र इब्राहिम जार्डानले १०० रन जोडे। दुईबीच ३६.१ ओभरमा २५६ रनको ओपनिङ साझेदारी भएको थियो।
३३२ रन पछ्याएको घरेलु टिम बंगलादेश ४३.२ ओभरमा १८९ रनमै अलआउट भयो। उसका लागि मुस्ताफिजुर रहमानले ६९ रन जोडे। बलिङमा अफगानिस्तानका फारूकी र मुजिब उर रहमानले ३-३ विकेट लिए।