वेस्ट इन्डिज र भातरबीचको दोस्रो टेस्टको चौथो दिन सकिदा खेल रोमाञ्चक मोडमा पुगेको छ।
चौथो दिनको खेल सकिदा ३६५ रनको लक्ष्य पछ्याएको घरेलु टिमले २ विकेटको क्षतिमा ७६ रन जोडेको छ। अब अन्तिम दिन भारतलाई हराउन वेस्ट इन्डिजले २८९ रन बनाउनु पर्नेछ भने उसको ८ विकेट बाँकी छ।
यसअघि दोस्रो इनिङ्ग्समा भारतले २ विकेटको क्षतिमा १८१ रन बनाएर इनिङ्ग्स समाप्तीको घोषणा गरेपछि वेस्ट इन्डिजले ३६५ रनको लक्ष्य पाएको थियो।
दोस्रो इनिङ्ग्समा भारतका लागि यसश्वी जैशवालले ३८ रन, कप्तान रोहित शर्माले ५७ रन जोड्दा शुभमन गिल २९ रनमा र इशान किसन ५२ रनमा नटआउट रहे।
वेस्ट इन्डिजले पहिलो इनिङ्ग्समा २५५ रन मात्र बनाउन सक्यो। वेस्ट इन्डिजका लागि कप्तान तथा ओपनर क्रियाग बाथवेटले ७५ रन जोड्दा अरु ब्याट्सम्यानले उल्लेख्न रन बटुल्न सकेका छैनन्। बलिङमा भारतका मोहमद सिराजले ५ विकेट लिए।
त्यसअघि भारतले पहिलो इनिङ्ग्समा ४३८ रन जोड्यो। भारतका लागि विराट कोहलीले १२१ रन जोडे। उनले २०६ बलमा ११ चौका हिर्काए।
यस्तै कप्तान रोहित शर्माले ८० रन जोडे भने यसश्वी जैशवालले ५७ रन र रविचन्द्रन आस्विनले ५६ रन जोडे।
बलिङमा वेस्ट इन्डिजका केमार रोच र जोमेल वारिकनले ३-३ विकेट लिए।
दुई टेस्टको सिरिजमा भारतले पहिलो खेलमा जित निकालेको थियो।