घरेलु टिम वेस्ट इन्डिजविरूद्धको पहिलो एकदिवसीय खेलमा भारतले जित हात पारेको छ।
बिहीबार राति ब्रिजटाउनमा भएको खेलमा भारत ५ विकेटले विजयी भयो।
पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज २३ ओभरमा ११४ रनमै अलआउट भयो।
उसका लागि कप्तान साई होपले सबैभन्दा बढी ४३ रन जोडे। बलिङमा भारतका कुलदिप यादवले ४ विकेट लिए भने रविन्द्र जडेजाले ३ विकेट हात पारे।
११५ रनको लक्ष्य भारतले २२.५ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो।
भारतका लागि इशान किसनले ५२ रन जोड्दा शुभमन गिल ७ रनमा आउट भए। सूर्यकुमार यादवले १९ र र हार्दिक पाण्ड्याले ५ रन मात्र जोड्न सके। रविन्द्र जडेजा १६ रन र शार्दूल ठाकुर १ रनमा पभिलियन फर्कदा कप्तान रोहित शर्माले नटआउट १२ रन जोडे।
जितसँगै भारतले तीन खेलको सिरिजमा १-० को अग्रता लिएको छ।