सन् २०२४ मा श्रीलंकामा हुने आइसिसी यू-१९ विश्वकपमा १६ टिमबीच प्रतिस्पर्धा हुँदैछ।
अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, भारत, आयरल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेस्ट इन्डिज र जिम्बाब्वेले अघिल्लो संस्करणबाट सन् २०२४ को यू-१९ विश्वकपमा स्थान पक्का गरेका थिए।
बाँकी पाँच स्थानका लागि क्षेत्रीय छनोटबाट टिम टुंगो लगाउने आइसिसीले निर्णय गरेको थियो।
जसअन्तर्गत अफ्रिका, अमेरिका, एसिया, इस्ट एसिया प्यासेफिक र युरोपबाट एक एक टिम छनोट हुने व्यवस्था छ।
पछिल्लो पटक अफ्रिका छनोटबाट नामिबियाले आगामी वर्ष हुने युवा विश्वकपमा स्थान पक्का गर्यो।
आइतबार नाइजेरियबाविरुद्धको निर्णायक खेलमा ५३ रनको जित निकालेसँगै नामिबियाले विश्वकपम स्थान पक्का गर्न सफल भयो।
यसअघि नेपालले पनि युएईलाई पछि पार्दै विश्वकपम स्थान पक्का गर्न सफल भएको थियो।
इस्ट एसिया प्यासेफिकबाट भने न्युजिल्यान्ड छनोट भएको थियो।
अब अमेरिका र युरोपबाट छनोट हुने एक एक टिमको टुंगो लाग्न बाँकी छ।
युरोप छनोट ६ देखि १२ अगस्टमा नेदरल्यान्ड्समा हुनेछ। अमेरिका छनोट ११ अगस्टमा क्यानडामा सुरु हुनेछ।