पाँचौ टेस्टमा घरेलु टिम इंग्ल्यान्डले ओभलमा ४९ रनको जित निकालेसँगै एसेज सिरिज २-२ को बराबरीमा सकिएको छ।
इंग्लिस बलर स्टुवार्ड ब्रोडको अन्तिम टेस्टको रुपमा रहेको खेलमा ३८४ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ३३४ रनमा अलआउट भयो।
अस्ट्रेलियालाई अलआउट गर्ने क्रममा दोस्रो इनिङ्ग्समा इंग्ल्यान्डका ब्रोडले २ विकेट लिए भने क्रिस ओएक्सले ४ विकेट र मोइन अलीले ३ विके६ लिए।
ब्याटिङमा अस्ट्रेलियाका लागि उस्मान खवाजाले सबैभन्दा बढी ७२ रन जोडे।
त्यसअघि दोस्रो इनिङ्ग्समा इंग्ल्यान्डले ३९५ रन जोडेर अस्ट्रेलियालाई ३८४ रनको लक्ष्य दिएको थियो।
पहिलो इनिङ्ग्समा अस्ट्रेलिया २९५ रन र इंग्ल्यान्ड २८३ रनमा अलआउट भएका थिए।