नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटका लागि प्रारम्भिक टिम घोषणा गरेको छ।
क्यानले २४ सदस्यीय टिम घोषणा गरेको हो। बन्द प्रशिक्षणका लागि घोषणा गरिएको टिममा युवा खेलाडीलाई मौका दिइएको छ।
टी-२० विश्वकपको एसिया छनोट मलेसियामा आयोजना हुँदैछ। प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित ६ टिमले प्रतिस्पर्धा गर्दैछन्।
अगस्ट अन्तिम सातादेखि हुने प्रतियोगितामा नेपाल, बहराइन, भुटान, मलेसिया, कतार र युएई समूह ‘ए’ मा छन्।
प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा अगस्ट ३१ मा आयोजक मलेसियासँग खेल्नेछ।
समूह ‘बी’ मा ५ टिम छन्। प्रतियोगिताबाट दुई टिम विश्व छनोटमा पुग्नेछन्।
विश्वकप छनोटमा १० टिम सहभागी हुँदा २ टिमले सन् २०२४ मा बंगलादेशमा हुने महिला टी-२० विश्वकपमा स्थान पक्का गर्नेछन्।
नेपालको प्रारम्भिक टिम
रुबिना क्षेत्री, सीता राना मगर, इन्दू बर्मा, कविता कुँवर, कविता जोशी, अस्मिना कर्माचार्य, कृतिका मरासनी, विन्दू रावल, अप्सरी बेगम, कालोज श्रेष्ठ, सम्झना खड्का, इश्वरी विष्ट, ज्योती पाण्डे, सरस्वती चौधरी, नेरी थापा, मनिषा चौधरी, रुबी पोद्दार, खुसी डंगोल, पुजा महतो, सबनम राई, रोमा थापा, कंचन श्रेष्ठ, श्रृष्टि जैशी र स्नेहा महरा।