भारतले घरेलु टिम वेस्ट इन्डिजविरूद्धको तीन खेलको एकदिवसी सिरिज २-१ ले जितेको छ।
तेस्रो तथा निर्णायक खेलमा २ सय रनको जित निकाल्दै भारतले सिरिज जितेको हो।
यसअघि पहिलो खेल भारतले जित्दा दोस्रो खेलमा वेस्ट इन्डिज विजयी भएको थियो।
मंगलबार पहिले ब्याटिङ गरेको भारतले ५ विकेटको क्षतिमा ३५१ रन जोड्यो। भारतका लागि इशान किसनले ७७ रन र शुभमन गिलले ८५ रन जोडे। यस्तै सन्जु सामसनले ५१ रन र हार्दिक पाण्ड्याले नटआउट ७० रन बनाए।
३५२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ३५.३ ओभरमा १५१ रन जोड्यो। वेस्ट इन्डिजका लाग अथानेजले ३२ रन र गुडाकेशले नटआउट ३९ रनको योगदान गरे।
बलिङमा भारतका शार्दूल ठाकुरले ४ विकेट र मुकेश कुमारले ३ विकेट लिए।