भारतविरूद्धको पहिलो टी-२० खेलमा घरेलु टिम वेस्ट इन्डिजले ४ रनको रोमाञ्चक जित हासिल गरेको छ।
बिहीबार राति भएको खेलमा वेस्ट इन्डिजले दिएको १५० रनको लक्ष्य पछ्याएको भारतले ९ विकेटको क्षतिमा १४५ रन मात्र जोड्न सक्यो।
अन्तिम ओभरमा भारतलाई जितका लागि १० रन चाहिएको थियो। जसमा वेस्ट इन्डिजका सेफर्डले भारतका कुलदिप यावदलाई पहिलो बलमै बोल्ड गरे।
त्यसपछि युजभेन्द्र चहलले दोस्रो बलमा १ रन लिँदा तेस्रो बलमा अर्शदिप सिंहले दुई रन लिए।
चौथो बल डट भयो। पाँचौ बलमा अर्शदिप दुई रन लिने क्रममा रनआउट हुँदा अन्तिम बलमा ६ रन चाहियो। जसमा मुकेस कुमारले १ रन मात्र लिन सके।
त्यसअघि भारतका लागि सूर्यकुमार यादवले सर्वाधिक ३९ रन जोडे भने ओपनरद्वय इशन किसन ६ रन र शुभमन गिल ३ रनमा आउट भए।
बलिङमा वेस्ट इन्डिजका ओबेड म्याककोए, जासन होल्डर र सेफर्डले २-२ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ६ विकेटको क्षतिमा १४९ रन जोड्यो। उसका लागि निकोलास पूरनले ४१ रन र कप्तान रोभमन पावेलले ४८ रन जोडे।