भारतविरूद्धको पाँच खेलको टी-२० सिरिजमा घरेलु टिम अस्ट्रेलियाले लगातार दोस्रो खेलमा जित हात पारेको छ।
आइतबार गुयनामा भएको दोस्रो खेलमा २ विकेटको जित निकाल्दै घरेलु टिम वेस्ट इन्डिजले सिरिजमा २-० को अग्रता लियो।
पहिले ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा १५२ रन जोड्यो।
भारतका लागि तिलक बर्माले सबैभन्दा बढी ५१ रन जोडे भने इशान किसनले २७ रन बनाए। कप्तान हार्दिक पाण्ड्याले २४ रन बनाउदा अरु ब्याट्सम्यानले उल्लेख रन जोड्न सकेनन्।
बलिङमा वेस्ट इन्डिजका अकिल हुसेन, अल्जारी जोसेफ र रोमारिया शेफर्डले २-२ विकेट लिए।
१५३ रनको लक्ष्य वेस्ट इन्डिजले ८ विकेटको क्षतिमा १८.५ ओभरमा पूरा गर्यो।
उसका लागि निकोलास पूरनले ४० बलमा ६७ रनको योगदान गरे। हुसनेल १० बलमा नटआउट १६ रन र जोसेफले ८ बलमा नटआउट १० रन जोडे।
बलिङमा भारतका पाण्ड्याले ३ विकेट र युजवेन्द्र चहलले २ विकेट लिए।