बंगलादेशका अलराउन्डर नासिर हुसेनलाई एन्टी करप्सन संहिता उल्लंघन गरेको आरोपमा प्रतिबन्ध लगाइएको छ।
सेप्टेम्बर २०२३ मा आइसिसीले लगाएका तीन आरोप हुसेनले स्वीकार गरेका छन्। जसका कारण उनलाई छ महिनाको निलम्बनसहित दुई वर्षको प्रतिबन्ध लगाइएको छ।
हुसेनलाई २०२०–२१ अबुधाबी टी-१० लिगमा इमिरेट्स क्रिकेट बोर्डको भ्रष्टाचार विरोधी संहिता उल्लंघन गरेको भन्दै आइसिसीले सबै क्रिकेटबाट दुई वर्षको प्रतिबन्ध लगाएको हो। उनी अप्रिल ७, २०२५ मा अन्तर्राष्ट्रिय क्रिकेट खेल्नका लागि योग्य हुनेछन्।
सेप्टेम्बर २०२३ मा पुने डेभिल्स फ्रेन्चाइजीको आरोपित आठ व्यक्तिहरू मध्ये हुसेन एक थिए।
आइसिसीका अनुसार हुसेनविरुद्धको आरोप उपहार लिएर प्रभावित भएको भन्ने छ। जसमा पाएको आइफोन १२ को रसिद उनले दिन असफल भएका थिए।
हुसेनले बंगलादेशका लागि १९ टेस्ट, ६५ एकदिवसीय र ३१ टी-२० खेलिसकेका छन्, र उनको अन्तिम अन्तर्राष्ट्रिय खेल जनवरी २०१८ मा थियो। अहिले उनी घरेलु क्रिकेट खेल्दै थिए।
हुसेनले बंगलादेशका लागि २०११ देखि २०१८ को बीचमा ११५ खेलमा २६९५ रन र ३९ विकेट लिएका थिए।