प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत त्रिभुवन आर्मी क्लबविरुद्ध कोशी प्रदेश २४.४ ओभरमा ८८ रनमै अलआउट भएको छ।
मुलपानी मैदानमा आर्मीले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कोशीका लागि कप्तान अंकित सुवेदीले ४१ रन जोड्दा अब १० ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
जसमा पाँच ब्याटरले त खाता खेल्न नै सकेनन्।
कोशीको इनिङ ध्वस्त पार्ने क्रममा आर्मीका शाहब अलामले ६ विकेट लिए। उनले ६.४ ओभरमा ३ मेडन राख्दा १४ रन खर्चिए।
कुशल मल्लले २ विकेट लिए भने सोमपाल कामी र विवेक यादवले १-१ विकेट लिन सफल भए।