टी-२० अन्तर्राष्ट्रिय खेलमा अस्ट्रेलियाका ब्याटर ग्लेन म्याक्सवेलले कीर्तिमानी शतक प्रहार गरेका छन्।
आइतबार एडिलेडमा वेस्ट इन्डिजविरुद्ध भएको दोस्रो टी-२० खेलमा म्याक्सवेलले नटआउट १२० रन जोडे। उनले ५५ बल खेल्दा १२ चौका र ८ छक्का प्रहार गरे।
यससँगै उनले पाँचौ टी-२० अन्तर्राष्ट्रिय शतक प्रहार गर्न सफल भए भने टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक शतकको कीर्तिमान बराबरी गरे।
भारतका कप्तान रोहित शर्माले पनि टी-२० अन्तर्राष्ट्रिय खेलमा पाँच शतक प्रहार गरेका छन्।
उनको शतकसँगै अस्ट्रेलियाले खेलमा २४१ रनको विशाल योगफल तयार गरेको छ।
तीन खेलको सिरिजको पहिलो खेलमा अस्ट्रेलियाले ११ रनको जित हात पारेको थियो।