क्यानडाविरूद्धको तेस्रो एकदिवसीय खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाली टिमबाट तीव्र गतिका बलर हेमन्त धामीले डेब्यू गरेका छन्।
टिममा आसिफ शेख, सोमपाल कामी, सूर्य तामाङ र रिजन ढकाललाई बेन्चमा छन्। अनिल साहले आजको खेलमा विकेटकिपरको भूमीका निर्वाह गर्नेछन्।
यसअघि लगातार दुई खेल जित्दै नेपालले सिरिज जितेको छ।
फागुन पहिलो सातादेखि सुरु हुने आइसिसी विश्वकप लिग-२ को तयारीका लागि नेपालले क्यानडासँग सिरिज खेलेको हो।
कीर्तिपुर मैदानमा हुने लिग-२ को सिरिजमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ।