आइसिसी विश्वकप क्रिकेट लिग-२ को पहिलो त्रिकोणात्मक सिरिजमा नेपालले अहिले नामिबियासँग खेलिरहेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिले ब्याटिङ गरिरहेको नेपालले खराब प्रदर्शन गरेको छ।
नेपालले पहिलो पावरप्लेको १० ओभरमा ४ विकेट गुमाएको छ भने २५ रन मात्र जोड्न सकेको छ।
खेलमा नेपालले पहिलो बलमै विकेट गुमायो। नेपालका कुशल भुर्तेललाई नामिबियाका रुबेन ट्रम्पलम्यानले स्लिपमा जेजे स्मिथबाट क्याच गराए।
कुशल रोयल डक भएपछि ब्याटिङमा आएका अनिल साह पनि ८ रनमै आउट भए। उनी पनि ट्रम्पलम्याचनकै एलबिडब्लूको धरापमा परे। २.१ ओभमा आउट हुनुअघि उनले ६ बलमा २ चौका हिर्काएका थिए।
चौथो ओभरमा आसिफ शेख पनि ४ रनमै आउट भए। आसिफलाई ज्याक ब्रासेलले जेजे स्मिथबाटै क्याच गराए।
दशौं ओभरमा कप्तान रोहित पौडेललाई ब्रासेलले बोल्ड गरे। रोहितले १३ बल खेल्दा १ रन मात्र जोड्न सके।
नेपाली टिम : कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, भीम सार्की, पवन सर्राफ, सोमपाल कामी, करण केसी, ललित राजवंशी, अनिल साह र गुल्सन झा।