एसिसी वुमेन्स प्रिमियर कप २०२४ को दोस्रो सेमिफाइनलमा नेपाल पराजित भएको छ। यससँगै नेपाल एसिया कपमा छनोट हुन असफल भएको छ।
नेपाललाई घरेलु टिम मेलसियाले ४ विकेटले पराजित गरेको हो।
नेपालले दिएको ११६ रनको लक्ष्य मलेसियाले एक बल खेल्न बाँकी छदा ६ विकेटको क्षतिमा पूरा गर्यो।
अन्तिम ओभरमा जितका लागि मलेसियलाई ११ रन चाहिएको थियो। जसमा मलेसियाकी एलिसा हन्टरले नेपालकी कविता कुँवरलाई २ चौकासहित पाँच बलमै ११ रन जोडिन्। उनले नटआउट ६९ रन जोड्ने क्रममा ५३ बलमा ६ चौका प्रहार गरिन्।
बलिङमा नेपालकी सीता रानामगरले २ विकेट लिइन्।
त्यसअघि मलेसियाको बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा ११५ रन जोड्यो।
नेपालका लागि कप्तान इन्दू बर्माले ३७ बलमा २ चौकाको मद्दतमा २९ रन जोडिन्। यस्तै ओपनर कविता कुँवरले रनआउट हुनुअघि २३ रन बनाइन्। सीता रानामगर ६ रनमा रनआउट हुँद रुबिना क्षेत्रीले १८ बलमा २० रनको योगदान गरिन्।
डली भट्टले १४ बलमा १ चौका र २ छक्का हिर्काउँदै २५ रन बनाइन्।
बलिङमा मलेसियाकी इजाती इस्माइले २ विकेट लिइन्।
खेलमा जित निकाले सँगै मलेसियाले फाइनलमा युएईसँग प्रतिस्पर्धा गर्नेछ भने एसिया कपमा समेत छनोट भएको छ। प्रिमियर कपका शीर्ष दुई टिम एसिया कपमा पुग्ने प्रावधान छ। एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश सिधा छनोट हुँदा युएई र मलेसियाले प्रिमियर कपको फाइनलमा पुगेर स्थान पक्का गरेकका छन्।