नेदरल्याण्ड्सविरूद्ध नेपालले तेस्रो विकेट लिएको छ।
त्रिवि मैदानमा टस जितेर पहिले बलिङ रोजेको नेपालका लागि ललित राजवंशीले तेस्रो विकेट लिएका हुन्।
खेलको १६ औं ओभर बलिङ सकिँदा नेदरल्याण्ड्सले तीन विकेट गुमाए ५७ रन मात्रै बनाएको छ।
ताजा अवस्थामा नेदरल्याण्ड्स ३.४५ को रनरेट बनाएर ब्याटिङ गरिरहेको छ।
१६ औं ओभरसम्ममा नेपालको बलिङ उत्कृष्ट देखिएको छ।
नेपालले पहिलो ओभरको तेस्रो बलमै नेदरल्याण्ड्सका ओपनर मिचेइल लेभिटलाई पेभेलियनको बाटो देखाएको थियो। उनलाई सोमपाल कामीले देव खनालबाट क्याच आउट गराएका हुन्।
त्यसपछि ५.६ ओभरमा अर्का ओपनर ओ डडलाई भीम सार्कीले रन आउट गरे। त्यतिबेला बलिङमा ललित राजवंशी थिए।
तेस्रो विकेट ललित राजवंशीले लिए। उनले सिब्रान्ड एंगलब्रेथलाई १५.४ ओभरमा अनिल साहबाट क्याच आउट गराए।
३५ बल खेलेका उनले ३ चौका प्रहार गर्दै २३ रन बनाएका थिए।
१८ ओभरको खेल सकिँदा सोमपाल कामीले ५ ओभर बलिङ गर्दा २ वटा मेडन राखेका छन्। उनले १३ रन मात्र खर्चिएका छन्।
त्यस्तै ललितले ६ ओभर बलिङ गर्दा १६ रन खर्चिएका छन्। कुशल मल्लले ३ ओभर बलिङ गर्दा १२ रन, गुल्सन झाले र दिपेन्द्र सिंह ऐरीले २/२ ओभर बलिङ गर्दा क्रमशः १२ र ८ रन खर्चिएका छन्।
ब्याटिङमा बास दे लिड र कप्तान स्कट एडवार्ड छन्। बास दे लिडले ४० बल खेलिसक्दा २ चौका हानेर २३ रन जोडेका छन्।