नेपालले नेदरल्याण्ड्सविरूद्ध उत्कृष्ट बलिङ गरेको छ।
त्रिवि मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालले २८ औं ओभरसम्म नेदरल्याण्ड्सको ७ विकेट लिएको छ।
नेदरल्याण्ड्स १०३ रन बनाएर खेलिरहेको छ।
नेपाली बलरहरूले कसिलो बलिङबाट नेदरल्याण्ड्सका ब्याटरहरूलाई क्रिजमा अभ्यस्त हुन नपाउँदै पेभेलियनको बाटो देखाइदिएका छन्।
२८ औं ओभर सकिँदा नेदरल्याण्ड्सले १०१ बनाएको छ।
नेपालका लागि रोहित पौडेलले २६ र २७ औं ओभरमा छैटौं र सातौं विकेट लिए।
२६.३ ओभरमा वासली बरेसी र २७.२ ओभरमा शरीज अहमदलाई कप्तान पौडेलले आउट गरेका हुन्।
२५.३ ओभरमा नेदरल्याण्ड्सका नोओ क्रोएस कुशल मल्लबाट नाटकिय रूपमा रन आउट भए। त्यतिबेला बलिङ पनि उनैले गरेका थिए।
नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्डले प्रहार गरेको बल रोक्ने क्रममा कुशलको हातमा लागेर बल स्टम्पमा ठोक्किएको थिए। नोओ रेखाबाहिर भएकाले आउट हुन पुगे।
चौथो विकेट ललित राजवंशीले लिएका हुन्।
उनले १९.२ ओभरमा बास दे लिडलाई बोल्ड गरेका हुन्। उनी ४४ बलमा २७ रन बनाएर आउट भएका हुन्।
नेपालले पहिलो ओभरको तेस्रो बलमै नेदरल्याण्ड्सका ओपनर मिचेइल लेभिटलाई पेभेलियनको बाटो देखाएको थियो। उनलाई सोमपाल कामीले देव खनालबाट क्याच आउट गराएका हुन्।
त्यसपछि ५.६ ओभरमा अर्का ओपनर ओ डडलाई भीम सार्कीले रन आउट गरे। त्यतिबेला बलिङमा ललित राजवंशी थिए।
तेस्रो विकेट ललित राजवंशीले लिए। उनले सिब्रान्ड एंगलब्रेथलाई १५.४ ओभरमा अनिल साहबाट क्याच आउट गराए।
३५ बल खेलेका उनले ३ चौका प्रहार गर्दै २३ रन बनाएका थिए।