त्रिकोणात्मक टी-२० सिरिजको उपाधि भिडन्तमा नेपालले पपुवा न्युगिनीविरूद्ध उत्कृष्ट बलिङ गरिरहेको छ।
हङकङको मिसन रोड ग्राउन्डमा पपुवा न्युगिनीविरूद्ध टस जितेर बलिङ गरिरहेको नेपालले छैटौं ओभर सकिदा पिएनजीको ४ विकेट लिएको छ।
चार विकेट गुमाएको पिएनजीले सातौं ओभर चलिरहँदा ५५ रन बनाएको छ।
नेपालले छैटौं ओभरको दोस्रो बलमा पिएनजीको चौथो विकेट लिएको छ। गुल्सन झाले हिरीहिरीलाई लोकेश बमबाट क्याच आउट गराएका थिए।
हिरीहिरीले ९ बलमा २ चौका र १ छक्का प्रहार गरी १५ रन बनाएका थिए।
गुल्सन झाले १ विकेट लिन ११ रन खर्चिए।
त्यसअघि आकाश चन्दले दुई विकेट लिएका थिए।
उनले ३.१ ओभरमा लेगा सियाका र १.४ ओभरमा पिएनजीका कप्तान अशद भालाको विकेट लिएका थिए। सियाकालाई करण केसीबाट क्याच अशद भालालाई विनोद भण्डारीबाट क्याच आउट गराएका थिए।
चन्दले २४ रन खर्चिएका छन्।
त्यस्तै करण केसीले पहिले ओभरमै विकेट लिएका थिए। उनले ओभरको दोस्रो बलमा सेसे बाउलाई आउट गरेका थिए।
उनले पहिलो ओभरको दोस्रो बलमा पपुवा न्युगिनीका सेसे बाउलाई आकाश चन्दबाट क्याच आउट गराएका हुन्।
सेसे बाउ आफ्नो पहिलो बलमै आउट भएका थिए। पिएनजीका ओपनर टोनी उरा र हिला भरे ब्याटिङमा छन्।
टोनी उरा २२ बलमा २७ रन बनाएर खेलिरहेका छन्।