भारतको महिला फ्रेञ्चाइज टी-२० प्रतियोगिता वुमन्स प्रिमियर लिग रोयल च्यालेन्जर्स बेंग्लोर (आरसिबी) ले जितेको छ।
आइतबार राति दिल्लीमा भएको उपाधि भिडन्तमा आरसिबीले दिल्ली क्यापिटल्सलाई ८९ विकेटले हरायो।
पहिले ब्याटिङ गरेको दिल्ली १८.३ ओभरमा ११३ रनमै अलआउट भयो। उसका लागि शफली बर्माले सबैभन्दा बढी ४४ रन जोड्दा अरु ब्याटरले उल्लेख रन जोड्न सकेनन्।
बलिङमा आरसिबीकी श्रीयांका पाटिलले ४ विकेट लिँदा सोफी मोलिनेउक्सले ३ विकेट लिइन्।
११४ रनको लक्ष्य आरसिबीले ३ बल खेल्न बाँकी छदा २ विकेट गुमाएर पार गर्यो। उसको जितमा स्मृति मन्धनाले ३१ रन र सोफी डिभाइनले ३२ रन जोड्दा एलिस पेरीले नटआउट ३५ रनको योगदान गरिन्।
युपी वारियर्स वुमन्सकी दिप्ती शर्मा प्लेयर अफ दि सिरिज भइन्। उनले १० विकेट लिँदा २९५ रन जोडिन्।