आयरल्याण्ड वुल्भ्सविरूद्ध नेपालले चौथो विकेट लिएको छ।
नेपालका लागि कमलसिंह ऐरीले चौथो विकेट लिएका हुन्।
१५ औं ओभरको चौथो बलमा आयरल्याण्ड वुल्भ्स्सका स्टेफेन डोहनीलाई सागर ढकालबाट क्याच आउट गराएका हुन्।
डोहनी १६ बलमा ४ चौका र २ छक्का प्रहार गरी ३४ रन बनाएर खेलिरहेका थिए।
त्यसअघि ११ औं ओभरमा ओपनर पिटर मुर आउट भएका थिए। ४९ रन बनाएर खेलिरहेका उनलाई आरिफ शेखले बोल्ड गर्दा अर्धशतक बनाउनबाट चुकेका थिए।
पहिलो ओभरमै विकेट लिएको नेपालले दसौं ओभरमा मात्रै दोस्रो विकेट लिएको थियो। ओभरको अन्तिम बलमा सागर ढकालले कारमिचेललाई एलबिडब्लु धरापमा पारेका थिए।
कारमिचेलले २९ बलमा ४ चौका र १ छक्का प्रहार गरी ३८ रन बनाएका थिए।
नेपालको प्लेइङ इलाभेनमा विनोद भण्डारी, लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर अहमद, रसिद खान, सागर ढकाल, कमलसिंह ऐरी र हेमन्त धामी छन्।