यु-१९ एसिया कप क्रिकेटका लागि नेपाली टिम घोषणा भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार हेमन्त धामीको कप्तानीमा यु-१९ एसिया कप खेल्ने १८ सदस्यीय टोली घोषणा गरेको हो।
टोलीमा हेमन्त धामीसँगै अर्जुन कुमाल, आकाश त्रिपाठी, उत्तम रंगु थापामगर, मयन यादव, नरेन साउद, युनिसविक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिनकुमार महतो, राजेश यादव, दयानन्द मण्डल, अपराजित पौडेल, अभिषेक तिवारी,दिलसाद अली र रन्जित कुमार छन्।
टिमको प्रशिक्षक शक्ति गौचन छन् सहायक प्रशिक्षकमा धिरेन्द्र चन्द छन्।
एसियन क्रिकेट काउन्सिलको आयोजनामा युएईमा नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म प्रतियोगिता सञ्चालन हुनेछ।
कुल आठ टिम रहने प्रतियोगितामा नेपाल समूह बी मा छ । नेपालको समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छ।
समूह ए मा भारत, पाकिस्तान, जापान र युएई छन्।
नेपालले पहिलो खेल श्रीलंकासँग मंसिर १४ गते खेल्नेछ। दोस्रो खेल मंसिर १६ गते बंगलादेशसँग र तेस्रो खेल मंसिर १८ मा अफगानिस्तानसँग खेल्नेछ।
समूहको शीर्ष टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ। सेमिफाइनल खेल मंसिर २१ र फाइनल २३ गते हुनेछ।