नेपालको यू-१९ महिला टोलीकी कप्तान पूजा महतोलाई नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्टुसले ‘फेस अफ दि बोल्ट्स’ घोषणा गर्दै एम्बासडर नियुक्त गरेको छ।
जनकपुरले सोमबार एक कार्यक्रम आयोजना गर्दै पूजालाई फेस अफ दि बोल्ट्स घोषणा गरेको हो।
आगामी मंसिर १५ देखि हुने एपिएलमा जनकपुरको मार्की खेलाडीमा आसिफ शेख छन्।
जनकपुरले फेस अफ दि बोल्ट्स घोषणा गर्नुअघि पूजालाई सोमबार गृह जिल्ला महोत्तरीमा भव्य स्वागत गरिएको थियो।
पूजाको कप्तानीमा नेपाली यू-१९ टोलीले गत साता यू-१९ महिला विश्वकपमा स्थान पक्का गरेको थियो।
यू-१९ विश्वकप आगामी जनावरीदेखि मलेसियामा आयोजना हुँदैछ।