सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल हेर्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पनि त्रिवि मैदान पुगेका छन्।
शनिबार जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीचको फाइनल खेल हेर्न प्रचण्ड त्रिवि मैदान पुगेका हुन्। गृहमन्त्री रमेश लेखक पनि खेल हेर्न त्रिवि मैदान पुगेका छन्।
फाइनल हेर्नका लागि नेतादेखि मन्त्रीसम्मका उच्च पदस्थहरू त्रिवि मैदानमा उपस्थित भएको नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले बताएका छन्।
फाइनल ेखेलको टिकट खुल्नेबित्तिकै सोल्ड आउट भएको छ। त्रिवि मैदानमा १० हजार भन्दा बढी दर्शक एनपिएल हेर्न आएका छन्।
तस्बिरहरूः